गीतकार रोज लामा योञ्जनको जिन्दगी तिमी हौ…सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत “जिन्दगी तिमी हौ“को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील रोजको यो गीत पनि माधुर्य बनेको छ ।

यो गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । यो गीतमा सुनिल राईको संगीत रहेको छ ।

यो गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । यो गीतमा सुनिल राईको संगीत रहेको छ । पुर्वेली लोकलयमा आधारित गीत जिन्दगी तिमी हौ मा मायाका सुनौला पलहरूलाई समेटिएको छ । गीतमा माया गर्ने मायालुलाई आफ्नो साथमा राख्नका लागि निकै प्रयत्न गरिएको छ । मौलिक भावमा प्रेमलाई आकर्षक ढङ्गमा समेटिएको छ ।

यो गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोलाई ज्ञानु राईले छायाँकन गरेका छन् । जसमा सम्पादन र निर्देशन पनि ज्ञानुले नै गरेका छन् ।