संजयले बाइस वर्षपछि ल्याए ‘तिमी जस्तै’


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ फागुन

एक समयका चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै…’ मार्फत श्रोतामाझ आएका छन् । जेम्स प्रधानको शब्द र संगीतमा यो गीत तयार भएको हो ।

आज सार्वजानिक गरिएको गीतको भिडियोमा जेसिका प्रधानको रँग संयोजन र सम्पादन, श्याम तामाङको छायाङ्कन गरेका हुन् ।आज काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो गीत सार्वजनिक गरे । गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको उनले बताए ।

‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनी उनले कार्यक्रममा भने,‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले अगाडि थपे,‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिश गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’

उनले सार्वजनिक गरेको गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै मोडलको रुप्मा देखिएका छन् । बिदेशमा बसेर नेपाल आएपछि गायक जेम्स प्रधानसँगको भेटले यो सांगीतिक सहकार्य जुटेको संजय किशोरले बताए ।

‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’

कार्यक्रममा उपस्थित गायक शशी गुरुङले आफू झैँ दुई दशक पश्चात सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए । अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए ।

कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए ।