बिनोदले चुमे पाँचौं द भ्वाईस अफ नेपालको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ पुष

गायक सम्बन्धि रियालिटी शो द भ्वाइस अफ नेपाल, पाँचौ सृँखलाको उपाधि गायक बिनोद राईले जितेका छन् । आज शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले आफ्ना अरु प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधि जितेका हुन् ।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेको कार्यक्रममा जानकारी गराईयो । उपाधिसँगै बिनोदले २० लाख रुपैयाँ र विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

यस अघि कोचहरु मध्य प्रमोख खरेलको टिमले जितेको बेला यपसटक कोच मिलन नेवार समूहबाट बिनोदले यो उपाधि जितेका हुन् । सो प्रतिस्पर्धामा मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

सो फाईनल कार्यक्रममा प्रतियोगीसँगै कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले पनि प्रस्तुति दिएका थिए । भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए । कार्यक्रम सँगीतमय भएको थियो ।