पवनको स्वर र अभिनयमा बिर्सन सक्दिनको भिडियो रिलिज


ब्युटी न्युज नेपाल
काडमाडौं, ९ पुस

चलचित्र निर्माता पवन विष्टले आफ्नो स्वर र अभिनयमा नयाँ गीत बिर्सन सक्दिनको म्युजिक भिडियो बजारमा ल्याएका छन् । यो गीत भिडियोसहित ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । केहि महिनामा छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘बलिदान’को निर्माताका रुपमा पवन रहेका छन् ।

पवन विष्टको रचना, शब्द र स्वर रहेको यस गीतमा विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिएकी छन् । संगीतका लागि चर्चित तथा पुराना संगीतकार राजु सिंहले एरेन्जर सञ्जीव बराइलीसँग सहकार्य गरेर मिठो गीत ध्वनि बनेको छ । मन कृष्ण महर्जनको छायांकन र कृष्ण भण्डारीको सम्पादन र कलर ग्रेडिङले भिजुअल रूप मनमोहक लाग्छ । गीतको भिडियो मात्रै होइन गीतमा बुनिएका शव्दहरु पनि मिठा लाग्छन् ।

प्रेम पुरी गीतका सहायक निर्माता हुन् । सन्तोष सेनको निर्देशन तथा कथामा निर्माण भएको गीतको भिडियोमा सहायक निर्देशक निरजन शाही ठकुरी हुन् ।