द भ्वाइस अफ नेपाल सिजन ५को कोचमा अटेनन राजु लामा र प्रविशा अधिकारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ भदौ

गायन सम्बन्धि मल्टिनेशलन रियालिटी सो द भ्वाईसको नेपाली सँस्करण ’द भ्वाइस अफ नेपाल सिजन–५’ दर्शकमाझ आउने भएको छ । यसकोे प्रसारण आगामी ५ असोजबाट सुरु हुने जनाईएको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाटमा पाँचौ सिजनको बारे जानकारी गराईयो ।

तर दुःखद पक्ष के भने गत वर्षका दुई होनहार कोच राजु लामा र प्रविशा अधिकारी यसपटक कोचमा परेका छैनन् । यी दुईको ठाउँमा अन्य दुईलाई कोचमा राखिएको छ ।

नयाँ कोचमा राजु लामाको ठाउँमा उदय सोताङ र प्रविशा अधिकारीको ठाउँमा मिलन नेवारलाई राखिएको छ । पछिल्लो समय गायन सम्बन्ध अन्य रियालिटी शोले कोचहरुलाई राम्रो पारिश्रमिक दिएर जजको रुपमा लान थालेपछि द भ्वाईस अफ नेपालको कोचहरु पनि एक पछि अर्को सिजनमा फेरिने गरेका छन् । बिगत चार सिजन देखि द भ्वाईस नेपालमा प्रमोद खरेल मात्र टिकेका छन् । अघिल्लो सिजनबाट जोडिएका राजेश पायल राई यसपटक दोहोरिएका छन् । यसअघि द भ्वाइस किड्समा कोचका रुपमा दर्शकको मन जितेकी भन्दै आयोजिक पक्षले गायिका मिलन नेवार द भ्वाइस अफ नेपाल सिजन ५ मा पनि कोचमा अनुवन्धित गरेको जनाएको छ ।

प्रमोद खरेलको टिम बाहेक अरु फित्तलो भएको भन्दै प्रमोदलाई निरन्तता दिएर राजेशपायलसँगै अर्का अग्रज गायक उदय सोताङलाई अनुबन्धित गरिएको आयोजक पक्षको कथन छ ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । कार्यक्रमका निर्माता तथा प्रस्तोता शुशिल नेपाल हुन् ।