जानकी पन्थको गीतमा यसराज र अनुको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौ

गीतकार तथा संगीतकार जानकी पन्थले यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छिन् ।

म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । गायक अलिफ खान र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको यो गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र अभिनेत्री अनु शाहको अभिनय रहेको छ । गीतको भिडियोले पनि गीतको मर्मलाई मुर्त रुप दिएको छ। यसराज र अनुको केमेस्ट्री यो भिडियोमा आकर्षक बनेको छ । गीतको भिडियोमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ ।

भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ । मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । जसमा विष्णु खड्काको सम्पादन रहेको छ ।