विभिन्न ५१ विधामा अवार्ड प्रदान गर्दै डायमन्ड म्युजिक अवार्ड २०८० सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौं

नेपालकी प्रथम चलचित्रकी अभिनेत्री बसुन्धरा भुसाल, हास्य अभिनेता किरण केसी, अग्रज लोकगायक शिवनारायण जोशी, बरिष्ट देउडा गायक नन्दकृष्ण जोशी, अग्रज पश्र्व गायिका देविका बन्दना, लोकगायक बमबहादुर कार्की, चर्चित गायकहरु यम बराल, बिष्णु खत्री, रामचन्द्र काफ्ले, नवराज घोरासाईने, ऋषी अधिकारी, गीतकार तथा शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतम, गायिकाहरु इन्दिरा गुरुङ, मिना प्रसाईंसम्मानित भए ।

यस्तै अहिलेको चर्चित कलाकार तथा मोडलहरु दुर्गेस थापा, सागर लम्साल ‘बले’, मोडल राष्ट्रिय इभेन्ट डिरेक्टर निशु कान्त झा, अग्रज पत्रकार विश्वमणि सुवेदी, पत्रकार विष्णु सुवेदी, म्युजिक भिडियो निर्देशकद्धय बबिता श्रेष्ठ, निरेन श्रेष्ठ, गायक यमन खनाल, मोडल संजिव ठकुरीलगायत पनि कार्यक्रममा सम्मानित भए । उनीहरुलाई पूर्व प्रधानमन्त्री माधव नेपाल, आयोजक संस्थाकी अध्यक्ष कुशुम दुलाल ‘सिम्रन’, अवार्ड संयोजक तथा एनएस म्युजिकका सञ्चालक एवम् अग्रज गायक नमराज ढुँगानालगायतले सो सम्मान प्रदान गरे ।

‘डायमन्ड म्युजिक अवार्ड २०८०’ शनिबार बेलुका काठमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेको सो समारोहमा नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका केही श्रष्टाहरुलाई विशेष सम्मान गरियो ।

समारोहमा विभिन्न ५१ विधामा ‘डायमन्ड म्युजिक अवार्ड २०८०’ प्रदान गरियो । जस अन्तर्गत दर्शकको सर्वोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड रामजी खाँडलाई दशकको सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायकको अवार्ड सरोज लामिछाने, दशकको सर्वोत्कृष्ट बाद्यबादकको अवार्ड धर्म गन्धर्वलाई प्रदान गरियो ।

समारोहमा राष्ट्रिय भावको गीत शब्द तर्फ डा. खेट प्रसाद दाहाल, गायक तर्फ सुमन परियारले अवार्ड पाए भने राष्ट्रिय भावको गायककै जुरी अवार्ड नवराज बस्नेतले, संगीतकारको अवार्ड राजा राजेन्द्र पोखरेलले प्राप्त गरे ।

समारोहमा आधुनिक/पप गीतको विधामा उत्कृष्ट गीतकारको अवार्ड शिशिर भण्डारीले, गीतकारकै जुरी अवार्ड सन्दीप मगरले, आधुनिक÷पप गीत संगीतकारको अवार्ड विजय थापाले, संगीतकारकै जुरी अवार्ड श्रीधर अधिकारीले हाँसिल गरे । यस्तै आधुनिक÷पप गीत उत्कृष्ट गायकको अवार्ड यस कुमारले, गायककै जुरी अवार्ड स्वरुप राज आचार्यले, उत्कृष्ट आधुनिक/ पपगायिकाको अवार्ड जुनु रिजालले, गायिकाकै जुरी अवार्ड रचना रिमालले प्राप्त गरे । कार्यक्रममा आधुनिक÷पप गितमै भिडियो तर्फ मोडल (पुरुष)को अवार्ड गणेश बहादर राउत (आर्यन)ले, मोडल (महिला)को अवार्ड गुराँस ढकालले हाँसिल गरे । यस्तै पपगीत तर्फ उत्कृष्ट गायकको अवार्ड हेमन्त शिशिरले, गायकको जुरी अवार्ड गोकर्ण सापकोटा, पप गीत गायक पब्लिक च्वाईस अवार्ड आश्रय रञ्जितले प्राप्त गरे ।

सोही समारोहमा लोक तथा दोहोरी तर्फ उत्कृष्ट गीतकारको अवार्ड विनोद ढकाललाई, उत्कृष्ट लय अवार्ड अनिश दवाडीलाई, उत्कृष्ट गायकको अवार्ड सुमन विटीलाई, गायककै जुरी अवार्ड बलराम विकलाई, लोकदोहोरी गायककै पब्लिक च्वाईस अवार्ड दिपेन थापालाई प्रदान गरियो । यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट गायिकाको अवार्ड पूर्णकला वि.सी.लाई, गायिकाकै जुरी अवार्ड सुमन थापा मगरलाई दिईयो । यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट मोडल (पुरुष)को अवार्ड अर्जुन सापकोटालाई, उत्कृष्ट मोडल (महिला)को अवार्ड आयुष्मा सिंखडालाई, मोडल (पुरुष) जुरी अवार्ड अवार्ड बादल घिमिरेलाई, मोडल (महिला) जुरी अवार्ड गीता कुँवरलाई देउडा गीतको उत्कृष्ट मोडल (महिला) अवार्ड रोजी कुँवरलाई प्रदान गरियो ।

काँठे भाकाका तर्फ उत्कृष्ट गीतको अवार्ड रामहरि भण्डारीले, उत्कृष्ट शब्दको अवार्ड साजन पराजुलीले, उत्कृष्ट लयको अवार्ड मदन नेपाली सुफिक्स्ले, उत्कृष्ट गायकको अवार्ड दिनेश श्रेष्ठले, गायककै जुरी अवार्ड संगम थापाले, उत्कृष्ट गायिकाको अवार्ड प्रतिमा अर्यालको अवार्ड, गायिकाको जुरी अवार्ड पार्वती कार्कीले प्राप्त गरे । काँठे लोक तथा दोहोरी मोडल (पुरुष)को अवार्ड लोमश शर्माले, मोडल (महिला)को अवार्ड आयुष्मा कार्कीले प्राप्त गरे ।

यस्तै भिडियो निर्देशन तर्फ आधुनिक गीत उत्कृष्ट भिडियो निर्देशकको अवार्ड पुजा ठकुरीले, निर्देशनमै जुरी अवार्ड, मिलन श्रेष्ठले, लोक तथा दोहोरीगीत म्युजिक भिडियो निर्देशक अवार्ड रन्जित कुमार क्षेत्रीले प्राप्त गरे ।

यस्तै लोक तथा दोहोरी गीत उत्कृष्ट शब्दको अवार्ड आकृति हुमागाईले, उत्कृष्ट (लयको अवार्ड भीमसेन श्रेष्ठले, उत्कृष्ट गायकको अवार्ड विनोद विसीले, गायककै जुरी अवार्ड सागर विसीले, उत्कृष्ट गायिकाको अवार्ड कोपिला तामाङले, लोक दोहोरी गीत गायिका जुरी अवार्ड सञ्जु लामा र नव गायिकाको अवार्डm नव गायिकाको जुरी अवार्ड सावित्रा गौतमले प्राप्त गरे ।

देउडाबाट नब मोडल (पुरुष)को अवार्ड पदम अ‍ैरेलाई, लोक तथा दोहोरी गीत नब मोडल (पुरुष) जुरी अवार्ड अमिश उपरकोटीलाई, नब मोडल (पुरुष) पब्लिक च्वाईस अवार्ड शंकर चन्दलाई, नब मोडल (महिला) अवार्ड निशा रावललाई प्रदान गरियो । यस्तै उत्कृष्ट लाईभ दोहोरी गायकको अवार्ड अलिफ खानलाई, लाईभ दोहोरी गायिकाको अवार्ड सिमा थापालाई प्रदान गरियो ।

समारोहमा लोक तथा दोहोरी गीत उत्कृष्ट संगीत संयोजनको अवार्ड विष्णु तामाङ्गलाई, संगीत संयोजन (जुरी अवार्ड) नारायण दंगाललाई, लोक दोहोरी भिडियो सम्पादन अवार्ड रविन विकलाई, उत्कृष्ट ध्वनि सम्पादन अवार्ड कुमार सानु पुनलाई, उत्कृष्ट भाषाभाषिक गीत गायकको अवार्ड रामप्रसाद अवस्थी (डेउडा)लाई, भाषाभाषीतर्फ उत्कृष्ट गायिकाको अवार्ड शोभा थापा (डेउडा)लाई, ठाडो भाकाको गायक अवार्ड रमेश परियारलाई, ठाडोभाका गायिकाको अवार्ड सन्ध्या परियारलाई र प्रदान गरियो ।

यस्तै उत्कृष्ट चाडपर्व गीतकारको अवार्ड प्रतिमा शर्मा चपाईंले, चाडपर्व गीत गायिकाको अवार्ड शर्मिला रायमाझीले, चडपर्व गायिका जुरी अवार्ड रञ्जना भुजेलले, तीजगीत गायिकाको अवार्ड सलिना नेपालीले, बाल प्रतिभाको अवार्ड सचिन परियारले, ग्राफिक डिजाईनरको अवार्ड शान्त शिशिर र ग्राफिक डिजाईनर जुरी अवार्ड रिजन पुलामीले हाँसिल गरे । एनएन टिभीबाट प्रत्यक्ष प्रशारण भएको सो अवार्ड समारोहमा विभन्न कलाकारहरुले आफ्नो गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए ।