सबु र रिताको सुनकोशी बग्योमा सुनिल र विनाको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ भदौ

गायक सबु थापा मगर र गायिका रिता केसीले नयाँ गीत सुन कोशी बग्यो सललको भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक समारोहबीच यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा दीवँगत पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउतको अभिनय छ । म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका बोल्दै गायक यम बरालले नेपाली गीत संगीतमा पहिले र अहिले निकै अन्तर आएको बताए ।

कार्यक्रमका नेपाल पुलिसका एआइजी टेक तामाङ, गायक कमल खत्री, एसियन म्युजिकका एमडी इश्वर गुरुङ, निर्देशक विभोर पोखरेल लगायतले गीतका बारेका बोल्दै गीत निकै राम्रो बनेको बताए ।

रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ, भने नहकुल खड्काको सम्पान रहेको छ ।