बिमोचन भयो नेपाल भाषाको गीतिसँग्रह ‘ह्याउँ सिन्ह :’


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ साउन

नेपाल भाषाको गीतिसँग्रह ‘ह्याउँ सिन्ह ः’ काठमाडौंमा नाचघरमा एक समारोहबीच शनिबार लोकार्पण गरिएको छ । बरिष्ट गायक एवम् हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, डा. पञ्चनारायण महर्जन, अग्रज बाद्यबादक न्हुछेबहादुर डँगोल तथा यो गीतिसँग्रहका कलाकारहरुले गीतिसँग्रह ‘ह्याउँ सिन्ह ः’को सँयुक्त रुपमा लोकार्पण गरेका हुन् । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले जुगल, नातिकाजी र राजेन्द्रलाई शुभकामना दिंदै सँग्रहका चार वटै गीत फरक स्वादको आफुले पाएको जिकिर गरे । जुगलले अहिलेको पुस्तालाई मनपर्ने फ्युजन गीतहरु यसमा बनाएको भन्दै कलाकार मदनकृष्णले उनको संगीतको प्रसँसा गरे ।

संगीतकार जुगल डँगोलले सँग्रहका चार मध्य एउटा पप शैलीमा, दुई वटा आधुनिक शैलीमा र एउटा युगलगीत लोक शैलीमा तयार गरेको जानकारी गराए ।

बाद्यबादक न्हुच्छेबहादुर डँगोलले सँगीतका गीतमा बाद्यबादनको तलमेल उत्कृष्ट रहेको बताउँदै लोकबाजालाई पश्चिमा शैलीमा गरिएको प्रयोगको उनले प्रसँसा गरे ।

यस्तै लोककवि राजभाई जकमीले सँग्रहमा रहेको गीतहरुमा हार्मीले बिसँदै गएका कतिपय ठेट शब्दहरु प्रयोग गरेर नातिकाजीले मौलिक गीत बनाएको बताए ।

यो सँग्रहमा संगीतकार जुगल डंगोलको संगीत, गीतकार नातिकाजी महर्जनको रचना र गायक राजेन्द्र डँगोल तथा गायिका निशा देशारको स्वरमा चार वटा गीत रहेको छ । सँग्रहमा चकना ए चकना…, म्हुतुसी लिप्स्टिक बुलाः…, बाला आपालँ तिना तःगु…र एय्ला छ धात्थें….गीतहरु छन् । जस मध्य चकना ए चकनाको म्युजिक भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । रोहिया महर्जनले निर्देशन गरेको यो गीतको भिडियोमा सृष्टी महर्जन र डिँकर महर्जनको अभिनय रहेको थियो । बाँकी गीतको पनि क्रमशः भिडियो रिलिज गर्ने गायक राजेन्द्रले कार्यक्रममा बताए ।

कार्यक्रममा गायक राजेन्द्रले दुईवटा गीत प्रत्यक्ष गायर सुनाए । राजेन्द्रकै पुस्तक ‘झुमी यँकुगु समाज’को पनि सोही कार्यक्रममा लोकार्पण गरियो ।