ब्युटी न्युज नेपाल
काठमाडौं, २३ बैशाख
विभिन्न २१ वटा विधामा अवार्ड प्रदान गर्दै १३ औं बिन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रबार राती काठमाडौंको नाचघरमा सम्पन्न भएको छ । सो समारोहमा बरिष्ट संगीतकार प्रकाश गुरुङ एक लाख रुपियाँसहित ‘बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९’ बाट सम्मानित भएका छन् । गीत संगीत क्षेत्रमा लामो योगदान पु¥याएको ठहर गर्दै उनलाई सम्मानित गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुवास रेग्मीले बताएका छन् ।
सोही समारोहमा गायिका सुकमित गुरूङलाई ५० हजार रुपियाँसहित विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९, लोक गायक बद्री पङ्गेनीलाई २५ हजार रुपियाँसहित झलकमान लोक सङ्गीत सम्मान २०७९ प्रदान गरियो । यस्तै २५ हजारु रुपैयाँ सहित गायक तथा संगीतकार भबिन ढुङ्गानालाई प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ र २५ हजार रुपैयाँ सहित सञ्चारकर्मी नरेश भट्टराईलाई विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ प्रदान गरियो ।
समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई प्रदान गरियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले कार्यक्रममा बताईन् ।
यस पटक विन्ध्यवासिनी अवार्ड बिजेताहरुको सूची यस प्रकार रहेको छ ।
अवार्ड विजेताहरु
१. सर्बोत्कृष्ट गीत
गीतको बोल गीतकार
छुटेपछि त छुट्यो दिपीका रिमाल थापा
२. सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)
गायक गीतको बोल
रुपक डोटेल तिमी बिना
३. सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत )
गायिका गीतको बोल
जुनु रीजाल न दोष तिम्रो न दोष मेरो
४. सर्बोत्कृष्ट संगीत (सुगम संगीत )
संगीतकार गीतको बोल
इशवर अमात्य अघि बढे भेल बाढी
५. सर्बोत्कृष्ट रचना (सुगम संगीत )
गीतको बोल गीतकार
बि पाण्डे झुम्के बुलाकि
६. सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)
गीतकार गीतको बोल
प्रभा बर्तौला एउटा कथा
७. सर्बोत्कृष्ट पप गायन पुरुष
गायक गीतको बोल
संजीब सिंह आधा रातमा
८. सर्बोत्कृष्ट युगल गायन
गायक गायीका गीतको बोल
हिमाल सागर र अनु चौधरी ए होर माया
९. सर्बोत्कृष्ट एरेन्जर
एरेन्जर गीतको बोल
साहास शाक्य साथले तिम्रो
१०. सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
गायक गीतको बोल
विक्रम परियार पाखे
११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)
गायिका गीतको बोल
सुनिता बुढा छेत्री रुदै रुदै नौतुना रेलैमा
१२. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)
डिरेक्टर गीतको बोल
स्मृती तिमल्सीना मकै पिस्ने जाँतो
१३. सर्बोत्कृष्ट लोक दोहोरी भाका
गीतको बोल संगीतकार
सन्तोष केसी गुल्मेली हुम कर
१४. सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)
मोडल गीतको बोल
रुबिना अधिकारी र लोमस शर्मा बिउरीयो दुई दिने चोला
१५. सर्बोत्कृष्ट मोडल (आधुनिक)
मोडल गीतको बोल
कुमारी बराइली र बिमल अधिकारी दिलको डायरीमा
१६. सर्बोत्कृष्ट गीत (लोक दोहोरी)
गीतको बोल रचना
घनश्याम रिजाल सुन्य भयो डाँडैको चौर
१७. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)
डिरेक्टर गीतको बोल
रामजी लामिछाने एउटा कथा
१८. सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
गीतको बोल गीतकार
हाम्रो देशको सिमाना अर्जुन कौशल
१९. सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)
सम्पादक गीतको बोल
प्रबिण भट्ट पिर
२०. सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)
छाँयाकार गीतको बोल
अजय रेग्मी सरानकोटको डाँडैमा
२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार कौशिला खनाल कमाचार्य
पब्लीक च्वाईस अवार्ड : दिपेन्द्र तिमल्सीना
पपूलर अवार्ड : प्रकाश धमला
जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ
जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी
जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे
जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी
जूरी अवार्ड गीततर्फ : कमल सरगम