ब्युटी न्युज नेपाल
काठमाडौं, ४ फागुन
तीन वटै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बिहिबार बिहान आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन् । संस्कृतिमन्त्री सुदन किराती पनि सो क्रममा उपस्थित थिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरे ।
तस्बिर : प्रदीप वन्त/रासस