संगीतकार जुगल डँगोललाई लू निभाः सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

नेपाली संगीतमा बिगत तीन दशक भन्दा लामो समयदेखि योगदान दिँदै आएका संगीतकार जुगल डँगोल सम्मानित भएका छन् । सोही योगदानको कदर स्वरुप लू निभा: बाल सरोकार समूहले डँगोलले शनिबार काठमाडौंमा एक समारोहबीच लू निभा: सम्मान २०७९ बाट सम्मानित गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, मानव अधिकारबादी गौरी प्रधानलगायतले सँगीतकार डँगोललाई सो सम्मान अर्पण गरेका हुन् ।

संगीतकार डँगोलले हालसम्म एक सय भन्दा बढी बाल गीतमा संगीत गरिसकेका छन् । जुँगल डँगोलले विश्वको सबैभन्दा कान्छी बाल गायिका अतिथि गौतम केसीको गीतिसँग्रह ‘अतिथी’ सहित अन्य बाल कलाकारका भोली फुल्ने फुल, माई फस्ट स्टेप, मिल्ने साथी, हाम्रो आवाज, सुनचरी, उत्साह, गुँरास र साकुरा, टप अफ द वल्र्ड जस्ता थुप्रै बाल गीतिसँग्रहका गीतमा संगीत गरेका छन् ।

बिगत अढाई दशकदेखि बालबालिकाको हकहित तथा अधिकारका लागि काम गर्दै आएको संस्था लू निभा: बाल सरोकारले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रम गरेर काठमाडौंमा मनाएको छ । सोही कार्यक्रममा संगीतकार जुगल डँगोललाई सम्मानित गरिएको हो । संगीतकार डँगोलको शब्द संगीतमा तयार भएको अलोन्सा डँगोलको स्वर रहेको गीत लुनिभा…को कार्यक्रममा विमोचन गरियो ।

सबै विधाका संगीत गर्दै आएका संगीतकार डँगोलको बाल संगीतको विकाश र प्रवर्धनमा पनि त्यत्तिकै योगदान रहेको कार्यक्रममा सो संस्थाका सँस्थापक अध्यक्ष नरेन्द्र डँगोलले कार्यक्रममा बताए । त्यसैले आफुहरुले संगीतकार डँगोललाई यसपटक सम्मानित गरेको पनि उनले प्रकाश पारे ।