इन्डियन आईढल पवन दीप र अरुनिताको स्वरमा आयो नेपाली गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ भदौ

इन्डियन आइडल १२ का बिजेता गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नयाँ नेपाली गीत श्रोतामाझ आएको छ ।

नयाँ गीत घामझँै बलेकि बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीतकार एसपी सापकोटाको शब्द रचना रहेको यो गीत आकर्षक भिडियोका साथ सार्वजनिक भएको छ ।

यो पवनदीपको पहिलो नेपाली गीत हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए ‘म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ । अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु । नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो ।’

गीतमा शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएका गीत मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । गीतको भिडियो कर्म एसपी सापकोटा युट्युब च्यानलमाबाट सार्वजनिक गरिएको छ।

गीतको भिडियोलाई छायाँकार सुदिप बरालले निर्देशन गरेका हुन्। बरालकै छायाँकन रहेको भिडियो गीतअनुसार निकै आकर्षक बनेको छ । गीतको भिडियो पोखरा र त्यस आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ । भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए। भिडियोमा अभिनेता राजकुमार र कार्टुन क्रयूकी मोडल आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन् । राजकुमारले यस अघि नेपाली फिल्म साइनोमा अभिनय गरेका थिए।

भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादन प्रबिण भट्टको रहेको छ ।