म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अबतार


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असोज

अघिल्लो साता मात्र नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतीबेला फेरी अर्को म्युजिक भिडियो मार्फत दर्शकमाझ आएकी छिन् । चलचित्रको काम नभएको बेला उनी म्युजिक भिडियोमा आकर्षित भएकी हनु् । उनले बोल्ड दृष्य दिएको प्रभाव बोलको गीतको म्युजिक भिडियो पछिल्लो पटक सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ । उनले निकै महँगो पारिश्रमिक लिएर यो भिडियोमा अभिनय गरेको बताईएका छ ।

प्रकाश विक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशनमा यो भिडियो तयार भएको हो । इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ । प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन् ।