सचिनको ‘ट्याङ्का् भरी सुन’मा बले र मुन्नी


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असोज

गायक सचिन रौनियारले यतीबेला नयाँ गीत सार्वजनिक गरेका छन् । उनले नयाँ गीत ‘ट्याङ्का भरी सुन’ बजारमा ल्याएका हुन् । गीतमा रौनियारसँगै गायिका रचना रिमालको स्वर रहेको छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । जसमा संगीत राजनराज सिवाकोटीको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा हाँस्यटेलिसिरियल ’सक्किगोनी’का जोडी सागर लम्साल ’बले’ र प्रियना आचार्यको अभिनय रहेको छ । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ । गीत जती राम्रो बनेको छ । भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । गीतलाई लिएर गायक सचिन निकै उत्साहित छन् । गीत र भिडियो दुबैमा निकै मिहिनेत गरेकाले दर्शक/श्रोताको राम्रो साथ मिल्नेमा उनी विश्वस्त छन् । भिडियोलाई ’एम ८ म्युजिक फ्याक्ट्री’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।