ब्युटी न्युज नेपाल
काठमाडौं, २९ पुष
रुसी साहित्यकार आन्तोंन चेकोभले लेखेको नाटक विवाहको प्रस्ताव शैली थिएटरका कलाकारले रातोपुल स्थिति आफ्नै नब निर्मित नाटकघरमा मञ्चन भईरहेको छ । जसमा सुबास सुबेदी, स्नेहा पौडेल र शसांक बोहराको मुख्य अभिनय रहेको छ ।
नाटकमा मुख्य रुपमा यि तिन जना पात्रहरु छन जो एकदम उत्तेजित र अनियन्त्रित हुन्छन । उनीहरु आफ्नो अनुकुलता हेरी बिभिन्न पात्रहरुसंग ब्यबहार गर्छन् । आफ्नो स्वार्थ पुरा गर्न उनीहरु हदै सम्म झुक्न सक्छन् । जस्तै लोमोभले आफ्नो बिहे गर्ने उमेर पार भएकोले मन नपरे पनि छिमेकीको छोरी नतालियासग बिहे गर्न तयार हुन्छ । उसको बिहे गर्नुको मुख्य उद्देश्य झट्ट हेर्दा जिबनसाथि पाउने आसामा भए पनि मुख्य भित्रि कारण जविन र पैसाको लोभ हो ।
चुबुकोभले लोमोभलाइ सुरुसुरुमा जति गालि गरेपनि अन्त्यमा आफनो छोरीको बिहे लोमोभ सँग गराउन उसैको चाप्लुसी गरिरहन्छ ।
त्यस्तै नतालिया पनि जसलाइ अपमान र तिरस्कार गरिरहेकी हुन्छे आखिरमा उ बिहे गर्न आएको भनेपछि उसैलाई माया र सम्मान दिन तयार हुन्छे । यसरी उनीहरु छेपारोको जस्तो रङ्ग फेर्ने अनि अबस्था हेरी गोहीले झैँ आसु झार्ने गर्छन । अनि कछुवाको गतिमा उनीहरु आफ्नो मूल कुरालाइ अघि बढाउन ढिलो गर्छन । एकातिरको कुरा आर्को तिर लाग्छन । मुख्य कुरा तर्क जान हिच्किचाउछन् ।
नाटकको सुरुवात र अन्त्यमा ७ जना मान्छे अनुहारमा मास्क (मुखौटा र मुकुण्डो) लगाएर आउँछन । उनीहरु रबिन तामाङ, देबेन्द्र बब्लु, भारती रिजाल, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सदिन लुइँटेलले हुन । जो बिभिन्न भूमिकामा छन् । अनि उनीहरु पनि आफ्नो अनुकुलता हेरी रुप परिबर्तन गर्छन । पात्र हरु दुई अनुहार बोकी ’दुई जिब्रे’ चरित्र देखाउने गर्छन । ताक परे तिवारी नत्र गोतामे पात्रहरुले मुखमा मास्क लगाएका हुन्छन । जुन आवश्यकता र अनुकुलता अनुसार फेर्छन । यसको मतलब हरेक व्यक्तिले देखिने र लुकाउने दुई प्रकारका मुकुण्डो धारण गरेका हुन्छन । उनीहरु घर भित्र आउदा ढोकामा मास्क राख्छन अनि फर्किने बेला लगाएर जान्छन ।
मन्चको बिचमा ऐना राखिएको छ । जसले झुठ वा भर्मलाइ चिर्ने सम्भावनाको अवस्थालाई संकेत गरिदिन्छ । एक उदाहरण नतालियाले मनमा राखेको भ्रम त्यतिबेला सच्चिन्छ जतिबेला उनि ऐनाको नजिक हुन्छिन । यसरी नाटकमा अभिनय, सेट, प्रप्स, भेषभूषा, संगीत, प्रकास, रंग मार्फत नाटकको मूल सारलाई व्यक्त्त गरिएको छ ।
नाटकमा गीत पनि प्रस्तुत हुन्छ । नाटकलाई केन्द्रबिन्दु बनाएर रचिएको गितमा संगीत र स्वर देबेन्द्र बब्लुको रहको छ । गीत यस्तो छ –
‘मान्छे पनि फेर्दो रहेछ काचुली,
हिउले छोपेको हिमचुली झैँ
भित्र एक चित्र, बाहिर बिचित्र
कुन हो यसको सहि रुप
छिनछिनमा फेरिने स्वरूप !’
यो गीतले पनि नाटकको भाव प्रस्तुत गर्छ । यी नाटकका बिभिन्न रंगमंचिय तत्त्वहरू बीच समधुर मेल देखिन्छ । अबसरबादी मान्छेले रुप फेर्ने परिपाटीलाई यसले ब्यँग्य गरेको छ । सबिन न्यौपानेले नेपालीमा अनुबाद गरेको यो नाटकलाई नबराज बुढाथोकीले निर्देशन गरेका छन् ।