ब्युटी न्युज नेपाल
काठमाडौं १२ असोज
अमेरिकाको न्यूओर्कमा आउँदो नोभेम्बर २३ मा आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीमा एक समारोहबीच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरियो ।
यो अवार्डको पहिलो पहिलो संस्करण हो । कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेम ध्वज प्रधानले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएको ठूलो योगदान पुर्याएको भन्दै आयोजक टिमलाई धन्यवाद दिए । साथै उत्कृष्ट दशमा पर्न सफल कलाकारहरुलाई बधाई तथा शुभकामना दिए ।
जसमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिँदै छ ।
यस्तै उत्कृष्ट संगीतकार, उत्कृष्ट म्यूजीक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका अवार्ड प्रदान गरिँदै छ ।
उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागी छनोट हुनेछन् । जसका लागी निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ४० प्रतिशत, प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् ।
उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरुमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए । फेदर क्रिएशन प्रा.ली.को सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागी गएको २१ ज्ुन २१ देखि ३० अगष्ट सम्म संसार भरीबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीनफर्मको आधारमा पाँच निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो ।