ब्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख
एक साथ १०५ कलाकारले बाद्यबादन प्रस्तुत गरेका छन् । नयाँ वर्षको अबसर पारेर आईतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा अर्केष्टा कार्यक्रम ‘माटोको सुमधुर बृन्दाबादन–२०७६’ आयोजित गर्यो । सोही कार्यक्रममा यती धेरै कलाकारले एकसाथ अर्केष्ट्रा प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा अन्नपूर्ण चेम्बर अर्केस्ट्रको प्रस्तुति रहेको सो कार्यक्रममा ५ देखि ५० वर्षसम्मको कलाकारहरुले बाद्यबादन प्रस्तुत गरे । अर्केष्ट्रामा तीन बिदेशी कलाकार पनि थिए । कार्यक्रममा बहुसँख्यक राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु प्रस्तुत गरिएको थियो ।
अर्केस्ट्रा सँगीत विकाशको लागि नयाँ वर्षको अबसर पारेर यती धेरै कलाकारलाई सँगीतमा प्रस्तुत गरिएको कार्यक्रम आयोजक संस्था मध्य सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । यी कलाकारहरुले भायोलियन, चेलो, डबल बेस जस्ता बाजामा दर्जन भन्दा बढी नेपाली गीत सँगीत प्रस्तुत गरे ।
तलेजु धन कुमारी कोषको सँयोजनमा सांस्कृतिक संस्थान र नारायण गोपाल संगीत कोषले अर्केष्टा कार्यक्रम आयोजना गरेको हो ।
सँगीतकर्मीहरु प्रेमध्वज प्रधान, नारायण भक्त श्रेष्ठ ‘रायन’, शुभबहादुर सुनाम, यादब खरेल, राजेन्द्र थापा, डा. ध्रुबेशचन्द्र गौतम, श्याम तमोट, डिआईजी ठुले राईलगायत अर्केस्ट्रको धुनमा रमे ।