ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा २५ प्रतियोगी चयन


ब्युटी न्युज नेपाल
काठमाडौं २ चैत

रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवन र बिलक्षण क्रियसन प्रा.लि. पुतलीसडकद्धारा सँयुक्त रुपमा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) मा २५ जना प्रतियोगी फाईलनका लागि चयन भएका छन् ।

दुई पटकको अडिसनबाट प्रतियोगीहरु चयन भएका हुन् । जसमा काठमाडौं उपत्यका र विभिन्न जिल्लाका दर्जन ब्युटी पार्लरका अग्रज देखि नवप्रशिक्षार्थी व्युटिसियनहरु चयन भएका छन् ।

नेपाल कस्मेटिक व्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न पहिलो चरणको सो अडिसनबाट ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) का फाईनलका लागि १५ जना व्युटिसियन चयन भएका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि चयन हुने १५ जना ब्युटिसियनहरुमा सरस्वती न्यौपाने, हेमा अबस्थी, कविता लामा, रुपा बस्नेत, बिजेता श्रेष्ठ, बिरजा खड्का, इमिका श्रेष्ठ, मुना श्रेष्ठ, रशा अधिकारी, कल्पना खड्का, निकिता कुुसुवार, सारदा राहुन, जमुना पनेरु, मनिता बस्नेत, मिनाकुमारी रहेका छन् ।

यस्तै दोश्रो अडिसनबाट ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २)को फाईनलका लागि सुरती बराल, बिनिता भट्ट ढकाल, समीता महर्जन, शर्मिला गुरुङ, सरु जोशी, श्रीदेबी महर्जन, शुभद्रा खरेल, सीमा श्रेष्ठ, सविना महर्जन र हिमाला पुन रहेका छन् । दोश्रो चरणको अडिसनको निर्णायकमा समाजसेवी सहिम शाह, फेसन डिजाईनर काजल शर्मा, कोरियोग्राफर एवम् सञ्चारकर्मी जयन सुब्बा मानन्धर थिए । यो कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरिरहेकी छिन् ।

व्युटिसियनहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति, पेशागत हक हित र समुन्नतको लागि गत वर्षबाट यो प्रतियोगिता सुरु गरिएको रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष तथा बरिष्ट ब्युटिसियन सोनी कारञ्जितले अडिसन कार्यक्रममा बताईन् ।

यो प्रतियोगितामा भाग लिन चाहने व्युटिसियन तथा व्युटिसियनलाई अझै ५ चैतसम्म फारम खुला राखिएको छ । फारम विलक्षण क्रिएसनको कार्यालय पुतलीसडक तथा रोज सिप विकाश तालिम केन्द्र एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनबाट फारम लिन सकिने छन् । आगामी २७ चैतमा राष्ट्रिय नाचघरमा भव्य समारोहबीच ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २)को चयन हुने भएको छ ।

यो प्रतियोगितामा २५ दिनको व्यक्तित्व विकाश, क्याटवाक, मेकअप (ब्राईडल, मोडल, फिल्म, न्युड, पार्टी, इफेक्ट) हेयर, (जुुरो, कलरिँग, कटिङ) नेलआर्ट, मेहन्दी आर्ट, आईलाईसिस एक्स्टेन्सन, बतृत्वकला, मिडिया अन्तरवार्ता, बिजनेश टकिङ जस्ता विभिन्न प्रशिक्षण दिईने छ । यस्तै त्यहाँ सिकेका ब्राईडल मेकअप, जुरो, नेल आर्ट लगायतको विधामा ट्यालेन्ट सो अन्तरर्गत प्रतिस्पर्धा आयोजना गरी र अवार्ड प्रदान समेत गरिने छ ।

बिलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीका अनुसार ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ (सिजन २) को बिजेताले ५२ हजार रुपैयाँ बराबरको पाँच दिनको बैंकक टुर, १५ हजार रुपैयाँ बराबरको एक महिनाको एँकरिङ ट्रेनिङ, हेयर सम्बन्धि स्पशेल कोर्ष र विभिन्न उपहार प्राप्त गर्ने्छिन् । ६ महिनासम्म व्युटी न्युज नेपालको व्युटी ब्रान्ड एम्बेस्डर पनि हुनेछिन् ।

यस्तै फस्ट रनरअपले बैंकक टुरको दुईतर्फी टिकट, हेयर सम्बन्धि स्पशेल कोर्ष, नेलआर्ट सम्बन्धि स्पेशल कोर्ष र विभिन्न उपहार प्राप्त गर्नेछिन । सेकेन्ड रनर अपले बैंकक टुरको लागि २० हजार रुपैयाँको बैंकक भ्रमण प्याकेज, हेयर सम्बन्धि स्पशेल कोर्ष, नेलआर्ट सम्बन्धि स्पेशल कोर्ष र विभिन्न उपहार प्राप्त गर्ने्छिन ।