ब्युटी न्युज नेपाल
काठमाडौं २७ फागुन
आगामी ७ चैतबाट छायाँकन सुरु गर्ने घोषणा सहित नयाँ चलचित्र ‘हली’को शुभ मुहुर्त काठमाडौंमा सोमबार गरिएको छ । ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभमुहुर्त सम्पन्न गरियो ।
चलचित्रको निर्देशन ओम प्रतिक गुरुङले गर्दैछन् । चलचित्रलाई गुरुङले नै लेखेका हुन । चलचित्रका निर्मातामा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन । समसामयिक बिषयमा आधारित चलचित्रमा गाउ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक गुरुङले बताएका छन् ।
यो चलचित्रमा सरोज खनाल, प्रमोद दिप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, रोहित जोशी, सुरेश नगरकोटी लगाएतका कलाकारको अभिनय रहने छ । चलचित्रमा राहुल राईको छायाँकन, सम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द निर्देशन र राम प्यासीको कोरियोग्राफी रहने छ ।