नाटक महोत्सबमा शुक्रबार मञ्चित चार नाटक


नेपाल अन्तराष्ट्रिय नाटक महोत्सब

ब्युटी न्युज नेपाल
काठमाडौं १७ फागुन

काठमाडौंमा सोमबारदेखि जारी नेपाल अन्तराष्ट्रिय नाटक महोत्सबमा शुक्रबार अपरान्हसम्म चार नाटक मञ्चन भए । बिहिबारको तुलनामा शुक्रबार दर्शकको उपस्थिति निकै राम्रो देखियो । शुक्रबार मञ्चित यी नाटकको चर्चा यहाँ गरिएको छ ।

बिर्सिँदै  गएको कथामा ‘मेमोरी यार्ड’

काठमाडौंको टेकु स्थित कौशी थिएटरमा शुक्रबार नाटक मेमोरी यार्ड मञ्चन गरियो । मञ्चमाको बिच भागमा रुख र त्यसमा झुन्डिएको ऐजेरु जस्तो देखिने झुन्डो, तल केहि खोला किनारका गोला ढुङ्गा थियो । चौपारी जस्तो देखिने ठाउँ वरपर परम्परागत काठको भाँठा र बाबियो को टान्द्रा टुन्द्रि र दुई कुनामा २ घरहरु थिए । एक मानिस काठको भाँडो बाट रक्सि निकाल्छ र देवी देउराली लाई चढाएझै गरेर आफ्नो मुख तिर चढाउँछ । यो दृश्य नाटक ‘मेमोरी यार्ड’ को हो ।

नाटकमा पात्रहरु स्वतन्त्र रुपमा नभई मृत्युको भयमा छन् । सबै पात्रहरु मुल्यहीन बनाउने कारक तत्वहरुको खोजिमा छन् । बेला बेलामा मृत्यु पात्र अदृश्य रुपमा धेरै कुरा बोलेर जान्छ । जीवनका स्मृतिहरु वरिपरि अल्मलिएर जेलिएका ति घटनाहरु केहि सौन्दर्ययात्मक शैलिमा प्रस्तुत नाटकले दर्शक लाई हलचल नगराई कन ५५ मिनेट सम्म बाध्न सक्यो ।

डा. गोबिन्द केसीका कुरादेखि मदन भण्डारीसम्मको विषयका साथै परिवर्तित समाजमा देखिएका र भोगिएका आर्थिक, सामाजिक राजनैतिक विषयहरु प्रति मानवीय संवेदना को चासो कस्तो छ भन्ने कुरा देखाउने प्रयास नाटकमा गरियो ।

टकलाई चे शंकर ले निर्देशन गरेका थिय भने कलाकार कामेश्वर चौरासिया, अर्चना पन्थी, उमेश पोखरेल र कुमार थामी मन्चमा देखिए । एउटै क्यानभासमा नाटकमा धेरै कुरा देखाउन खोज्दा दर्शकलाई नाटक केही गहकिलो लागेको थियो । तर एकथरीका दर्शकले यो नाटकबाट मनोरञ्जन लिए ।

‘आइ एम नट हियर’मा महिला पुरुषको द्वय चरित्र

शुक्रबार दिउँसो शिल्पी थिएटरमा भारतीय नाटक ‘आइ एम नट हियर’ मञ्चन भयो । भारतको बैङ्गलोरस्थित नाट्य समूह ‘द लस्ट पोस्ट् इनिसियटिभ’ले यो नाटक मञ्चन गरेको हो । नाटकलाई निर्देशक दीपिक अर्विन्दले निर्देशन गरेकी हुन् । नाटकमा खेलको रिङको सेट दिईएको थियो ।

यो नाटकको कथा अनुसार दुई युवतीहरु स्र्पोट्स वेयरमा बक्सिङ रिङ्गभित्र प्रवेश गर्छन् । बक्सिङ खेल सुरु हुन लागेको जस्तैगरि घण्टी बज्छ । बक्सिङ रिङको राउन्टसँगै ती दुई महिला पात्रले आजसम्म पनि महिलाले गर्न नहुने भनेर समाजले बन्धेज गरेका कामहरुबारे देखाउँदै जान्छन् । पात्रहरुको आवाज तथा शरीरलले उनीहरुको अवस्थाको वर्णन गरिरहेको हुन्छ ।

नाटकमा उनीहरु रिङभित्रै कस्ट्युम परिवर्तन गर्छन् । नाटककी एउटी पात्र (प्रनिता) कहिले पुरुष बन्छिन् । केहीछिनमै महिला । त्यस्तै कहिले जनावर बन्दै आफ्नो कुराहरु राख्दै जान्छिन् । जनावरको रुप धारणा गर्दै जाँदा उनी (प्रनिता)मा मालिकप्रति तिव्र आक्रोश पैदा हुँन्छ ।

नाटकमा पुरुष प्रधान भएको कुरा पनि उठाइएको छ । प्रनिता स्टेजमा राम्रै छिन् । उनको नृत्य, क्यारिकेचर तथा शारीरीक लचकताले एकथरी दर्शकहरुलाई करिब १ घण्टा १५ मिनेट बाँधेर नै राखेको छ । एकथरी दर्शकलाई उनको यो शैली ओभर एक्टिङ लागेको प्रतिक्रिया पाईयो ।

नाटककी अर्की पात्र निर्देशक दीपिक अर्विन्द स्वयं नै हुन् । उनको अभिनयले पनि ठिकै थियो । नाटकमा उनी कहिले पुरुष बनेकी छिन् त कहिले महिला । उनको केही दार्शनिक कुराले पुरुषहरुको मनोमानीलाई व्यंग्य समेत गरेको छ । एक्लैले दोहोरो चरित्र निर्वाह गर्नु पर्दा ठाउँ ठाउँमा यी निर्देशक कलाकारको काम कमजोर देखिएको एकथरी दर्शकले प्रतिक्रिया दिए ।

‘त रेहाए’मा तलिवान समस्या

शुक्रबार मध्यान्न कीर्तिपुर रङ्गमञ्च, थिएटर मलमा नाटक ‘त रेहाए’ मञ्चन गरियो । स्वतन्त्रतातर्फ दुई भिन्न तथा एक आपसमा युद्धरत समुदायका युवा युवती विचको प्रेमकथामा यो नाटक केन्द्रित थियो । अफगानी लेखक तथा नाटककार कुर्वान मर्जाईको लेखन तथा सायेद ईडरिस फक्रिको निदेशनमा मन्चन भएको यो नाटकले तालिवान समस्या भईरहेको समयको कथालाई प्रस्तुत गरेको थियो ।

अफगानिस्तानको दुई फरक जाती हजारा अर्थात सिया समुदायकी केटी र पस्तुन अर्थात सुन्नी समुदायको केटा विचको प्रेम देखाईएको यो नाटककले प्रेम र मानवियताको शक्तिलाई संकेत गर्छ । केटीले मध्य अफगानिस्तानमा बस्ने एक समुदाय हजाराको प्रतिनिधित्व गर्छे । जुन समुदायले अफगानी सरकारमा तालिवान पुगेपछि शिया भएकै कारण मुस्किल अवस्थाको सामना गर्नुपरेको थियो । जस्लाई हमेसा मृत्युको भय रहन्छ । तर उस्को समुदायको परस्पर विरोधि पस्तुन समुदायकै युवकले वचाएको हुन्छ । जस्ले जुनसुकै जात धर्म समुदाय वर्ण भुगोलको कारणले जहाँ भएपनि असल मान्छे वन्न तथा प्रेम गर्न सक्षम हुन्छ भन्ने कुरालाई उजागर गरेको छ ।

नाटकको सुरुमै एक वन्द वाकस भित्र रहेकि एक युवतीको दृश्यले शिर्षकले भनेजस्तै स्वतन्त्रता प्राप्तिको उच्च अभिलाषालाई प्रतिविम्वित गर्छ । आफ्नो स्वतन्त्रताका नाममा लडिरहेका दुई समुदायका युवायुवतीको प्रेमले खोजेको अर्को छुट्टै स्वतन्त्रताले वास्तवमा स्वतन्त्रताको परिभाषा के ? भन्ने प्रश्न समेत उब्जाउछ । अर्को समुदायलाई नामेट पारेर प्राप्त हुने स्वतन्त्रता कि दुई समुदाय विचको मिलनलाई लिएर हुने स्वतन्त्रता ठिक भन्ने प्रश्नको जवाफ नाटक हेरिरहेका दर्शककै जिम्मामा छोडिएको छ ।

आफ्नो प्रेमिकालाई आफ्नै समुदायबाट वचाउन युवकले गरेको संघर्ष अनी आफ्ना ज्यान वचाउने केटालाई आफ्नो समुदायमा लैजान खोज्ने केटीको प्रयास र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थिीलाई मनोवैज्ञानिक ढङबाट देखाईएको नाटकको क्लाईमेक्स के वन्छ भन्ने एकखालको कौतुहलता दर्शकमा उत्पन्न हुन्छ । तालिवान पनि अफगानिस्तानी नै हुन भन्ने कुरालाई अफगानिस्तानमा विर्सिदै जान थालिएको वेला जो तालिबान बन्न वाध्य पारिए ती सवै रहरले बनेका हैनन र उनीहरुको पानी आफ्नै पिडा होलान भन्ने एक पक्ष र हामी पनि आफ्नै समस्यामा छौ भन्ने अर्को पक्षले आफुलाई नै सर्वेसर्वा ठान्ने र एक अर्काको अस्थित्व स्विकार नगर्ने कारण उत्पन्न भएको द्वन्दात्मक अवस्थालाई दुई प्रेमि मार्फत देखाईएको छ ।

४५ मिनेट यो नाटक संम्वादमा वढी केन्द्रित हुदाँ नेपाली दर्शकका लागि त्यती चाख लाग्दो वन्न सकेन । तर नाटकमा प्रस्तुत कथा र पीडा ससक्त थियो ।

माङ्गेनामा लिम्बु सँस्कृति

शुक्रबार नाटक महोत्सब अन्तर्गत मण्डला थिएटर अनामनगरमा लिम्बु भाषामा केन्द्रित नाटक माङ्गेना मञ्चन गरियो । नाटकले लिम्बु समुदायकोे कथा भनेको थियो । चुलाचुली थिएटर इलामले प्रस्तुत गरेको नाटकमा लिम्बु समुदायको संगीतलाई पनि प्राथमिकताका साथ समावेश गरिएको थियो ।

नाटकको दृष्यभाव अनुसार यथार्थलाई देखाउन मञ्चलाई यथार्थको नजिक बनाउन खोजिएको छ । जसमा लिम्बु समुदालाई झल्काउने विविध सांस्कृतिक सामग्रीहरू समावेश छन् । लिम्बु समुदायको सिलाम साक्मादेखि सालको पातसम्मको सांस्कृतिक प्रप्सलाई प्रयोग गरेर सांस्कृतिक कथा भनिएको छ ।

कथामा भने लिम्बु समुदायकै बीच भइरहेको जातीय विभेद र संघर्षलाई देखाइएको छ । लिम्बु समुदायको फरक–फरक धर्ममा विश्वास राख्नेहरूबीच हुने गरेको विभेदलाई कथाले समेटेको छ । त्यसैगरी कथित दलित समुदाय र लिम्बु समुदायको सम्बन्ध र संघर्षलाई पनि नाटकले केलाएको छ ।

नाटकमा लिम्बु र नेपाली दुवै भाषा प्रयोग गरिएको छ भने लिम्बु समुदायको धान नाच्ने संस्कृतिलाई पनि यसमा जोडिएको छ ।

नाटकले हाम्रो समाजलाई मानवीयताको आधारमा एकताबद्ध गर्नुपर्ने सन्देश प्रवाह गर्छ भने आफ्नो संस्कार र संस्कृतिलाई समयानुकूल बनाउनुपर्ने कुरामा पनि जोड दिन्छ । लिम्बु समुदायको शाश्त्र मुन्धुममा कुनै पनि विभेदको संस्कृति नभएकोले त्यही अनुकूलको व्यवहार गर्न सके सबैको माङ्गेना अर्थात शिर उठाउने काम हुन्छ भन्ने सन्देश दिएको छ ।

मुन्धुमले प्रकृतिलाई प्रधान मानेर जीवनदेखि मरणसम्ममा संस्कृति निर्माण गरेको र त्यसमा विभेदले कुनै ठाउँ नपाएको बुझ्न नाटक माङ्गेनाले दिशानिर्देश गरेको छ ।

लिम्बु संस्कृतिबारे अनविज्ञ दर्शकलाई यो निकै रोचक बन्यो । यो संस्कृतिसँग नजिक दर्शकले माङ्गेनालाई नाटक कम र संस्कृतिको नाममा रैथानको कुराले बोझिलो बनेको नाटक भन्ने टिप्पणी पनि कार्यक्रममा गरेका थिए ।

तस्विरहरू : नबिन बाबु गुरूङ