ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी सहित हेलिकोप्टर दुर्घटनामा परेका सातै जानाको शब अन्तत काठमाडौं ल्याईएको छ । बुधबार मध्यान्न डाईनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा परी ताप्लेजुङको तारेभिरमा मन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो ।
गएको रातपर हिमपातको कारण ताप्लेजुङ सुकेटर एयरपोर्टमा हिउँ जमेपछि आज दिउँसो १२ बजेसम्म पनि सबहरु बोकेर हेलिकोप्टर उड्न सकेको थिएन् । १२ बजेपछि सुकेटार एयरपोर्टबाट उडेको हेलिकोप्टर शब बोकेर काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट अबतरण गरेको छ । अहिले परिक्षणको लागि शबलाई त्रिबिबी शिक्षण अस्पताल लगिएको छ ।
दिवँगत मन्त्री अधिकारी सहित पर्यटन व्यबसायी एवम् यती एयरका निर्देशक आङ क्षिरिङ शेर्पा, उड्यान प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्र श्रेष्ठ, उड्यान प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उपसचिब युवराज दाहाल, सुरक्षाकर्मी अर्जुन घिमिरे र सो हेलिकोप्टरका पाईलट प्रभाकर केसीको पार्थिव शरीरलाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीको लागि आज राखिने छ । त्यसअघि पोष्ट मोर्टम सकेर नेकपाको पार्टी कार्यालय लगेर मन्त्री अधिकारीको पार्थिव शरीरलाई केही समय श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, सहित विभिन्न मन्त्रीहरु, आफन्त, शुभचिन्तकहरुले पार्टी कार्यालयमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि टुँडिखेल (खुलामञ्च)मा मन्त्री अधिकारी सहित दिबँगत सातै जनाको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिने तयारी भईरहेको छ ।
काठमाडौंमा श्रद्धाञ्जली सम्पन्न गरेपछि संस्कृति मन्त्रीको अन्त्यष्टी उनकै गृह जिल्ला पोखरामा शुक्रबार गरिने भएको छ ।