६ दर्जन बढी हलबाट एकसाथ सुश्री सम्पत्ति


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं २८ मंसिर

हास्यप्रधान चलचित्र ‘सुश्री सम्पत्ति’, शुक्रबारबाट एकसाथ मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट प्रदर्शनमा आएको छ । सञ्चारकर्मी सुब्रत आचार्यले सुश्री सम्पत्ति निर्देशन गरेका हुन् ।

निर्देशक आचार्यका अनुसार यो पूर्ण मनोरञ्जन प्रधान फिल्म छ । हास्यप्रधानसँगै सन्देश समेत बोकेको यो फिल्म पोखरामा खिचिएको उनले बताए । यो फिल्ममा सलोन बस्नेत र बिनोद नौपाने पेन्टरको भूमिकामा छन् । यी दुईले आफ्नो बुत्ताले सम्पत्ति कमाउन नसकेपछि धन आर्जनका लागि धनाढ्य युवतीहरुको पछि लाग्दा गर्नु परेको संघर्षको कथामा सुश्री सम्पत्ति बनेको पनि निर्देशक आचार्यले बताए ।

फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुरलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्तिको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।