व्युटी न्युज नेपाल
काठमाडौं १४ असोज
नेपालको सबै भन्दा बढी हेयर स्टाईल सलुनका मालिक तथा हेयर डिजाईन मास्टर नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ ।
छक्का पञ्चा–३ का निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।
पछिल्लो समय निल डेभिड सलुनको चैन राम्रो रोयल्टीमा बिक्री गदै आएका निलले यो सलूनको सिटी सेन्टरको चेन सलूनलाई युवा उद्यमी आकाश तामाङलाई विक्री गरेका हुन् । आकाशले यो सलुन सञ्चालनमा ल्याएका छन् ।
सूलनको रिबन काट्दै अभिनेता दीपकराज गिरीले कटवालले हेयर स्टाइलको क्षेत्रमा लोभलाग्दो प्रगति गरेको बताए । दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र होइन विदेशमा समेत सक्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए । हेयर स्टाईल डिजाईनर कटवालले काठमाडौंका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिको आकर्षक गन्तब्य रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको आफ्नो सलुनको नयाँ चेनले केश सज्जा सम्बन्धि सम्पूर्ण सुविधाहरु दिने बताए ।
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले दाबी गरे ।