व्युटी न्युज नेपाल
काठमाडाैं १४ असाेज
अभिनेत्री एवम् मोडेल क्षितिजा शाक्यले काठमाडाैंकाे काठमाडाैं मल स्थित चाैथाे तथामा नयाँ बुटिक शुभारम्भ गरेकी छिन् |
विगत एक दशक देखि बुटिक व्यवसाय गर्दैआएकी क्षितिजाले यसअघि न्यूरोडमा बुटिक सञ्चालन गर्दै अाएकी थिइन् । शनिबारदेखि काठमाडौं मलमा क्षितिजा अपेरल बुटिकको नामबाट नयाँ बुटिक शुरु गरेकी हुन् । याे नयाँ बुटिकको सदावहार नायिका करिश्मा मानन्धरले उद्घाटन गरेकी हुन् |
नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्येदवी सिंह, हाँस्य अभिनेत्री बसुन्धरा भुसाल लगायतको विशेष आतिथ्यतामा नायिका शाक्यको बुटिक उदघाटन भएको हो।
क्षितिजाले प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई कार्यक्रममा स्वागत गरेकी थिइन्, । उनका अनुसार उक्त बुटिकमा खासगरी बनारसी साडी, शत प्रतिशत पस्मिनाको सल, सिफनको साडी, झुम्का, फेसनेबल जुत्तालगायतका सामानहरु पाइन्छ |आफ्नो ब्यापारलाई अझै बृहत रुपमा लैजानको लागि क्षितिजाले काठमाण्डौ मलमा बुटिक खोलेको बताइन |
प्रस्तुती : जयन सुब्बा मानन्धर