व्युटी न्युज नेपाल
काठमाडौं, १८ असार
‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ को उपाधि धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा उतिर्ण १६ वर्षिय रुची धितालले जितेकी छिन् । आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै मा उनले शीर्ष उपाधि जितेकी हुन् । प्रतियोगितामा उपाधि विजेता रुची धितालले ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृत्ति, विभिन्न उपहारहरु पाईन ।
सिजन मिडियाले राजधानीमा आयोजना गरेको यो प्रतियोगित काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई उतिर्ण कृष्टिना वन्तले फष्ट रनरअप, पुष्पसदन स्कुलवाट एसइइ उतिर्ण पाल्मा लामाले सेकेण्ड रनर अप भए । फस्ट रनर अप र सेकेण्ड रनर अपले मोवाइल फोनसँगै नामी कलेज र क्याम्पीयन कलेजमा १ लाख रुपैयाँ वरावरको छात्रावृति साथै यी विजेता तिनै जनाले ५ दिने बैङ्कक भ्रमणको अवसर जिते ।
सोही प्रतियोगितामा रिया खड्गी थर्ड रनर अप, नाम्दु शेर्पा फोर्थ रनर अप भए । विधागततर्फ प्रेरणा भट्टराई मिस ट्यालेन्ट र वेष्ट वाक, श्रेया भट्ट मिस पपुलर, विञ्जु थापा मिस क्रिएटिभ, निशा श्रेष्ठ भियोर्स च्वाइस घोषित भए ।
यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडेमी आयुसा श्रेष्ठ, मिस हेल्दी स्माइल सफलता वुढाथोकी, मिस डिसिप्लिन अस्मीता पन्जीयार, बेष्ट हेयर सौजना तामाङ घोषित भए ।
यस्तै मोष्ट फेसवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निर्जला पौड्याल, मिस मल्टीमिडिया र अर्गनाइजर च्वाइस आकांक्षा पाठक घोषित भए ।
प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका अध्यक्ष युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, क्याम्पीयन एकेडेमीका रिजेश श्रेष्ठ, स्वर्णिमा राजभण्डारी, शिक्षक प्रेम गुरुङ, एयर होस्टेज अस्मिता खनाल र सञ्चारकर्मी गिता श्रद्धा अर्याल रहेका थिए । कार्यक्रम सञ्चालन अफिसियल कोरीयोग्राफर रोजीन साक्यले गरेका थिए ।