मेरो रोजाई
काठमाडौं, २१ बैशाख
२०७० सालमा सार्वधिक चर्चामा रहेको लोकपप गीत सिरफुल सिरैमा…बाट गायन विभिन्न अवार्ड जित्दै शिखर चुम्ने सफल गायिका हुन् केञ्जुमा सुब्बा । उनले त्यस अघि नै २०६५ मा पहिलो पपगीतिसँग्रह ‘वान डे’ बजारमा ल्याएकी थिईन् । हालसम्म ५० भन्दा बढी गीतमा स्वर दिईसकेकी केञ्जुमाले २०७४ सालमा गायक प्रेमध्वज प्रधानसँग सँयुक्त रुपमा गाएको ‘ती आँखामा को छ भनन्…’गीत गतवर्ष धेरै ओटा म्युजिक अवार्डमा मनोनयनमा पर्यो । यसै वर्ष ‘गुलावी स्वरहरु’ गीतिसँग्रहको बेबी आई लभ यु…गीतबाट यतीबेला चर्चामा रहेकी गायिका केञ्जुमा सुब्बा फेशन र सौन्दर्यप्रति पनि त्यत्तिकै सजग छिन् । आफ्ना केही म्युजिक भिडियोमा मोडलिङसमेत गरिसकेकी यिनै सुमधुर स्वरकी धनी गायिका केञ्जुमा सुब्बासँग फेशन र कस्मेटिकबारे व्युटी न्युज नेपालले नजिकबाट गरेको कुराकानी ः
मन पर्ने कपडाको रङ ?
– बेबी पिंक र ब्ल्याक
मन पर्ने ड्रेसको ब्राण्ड ?
– जारा र एच एन्ड एम
मन पर्ने ड्रेस ?
– वान पिस
मन पर्ने क्याजुअल ड्रेस ?
– जिन्स पाईन्ट र टी सर्ट
मन पर्ने औपचारिक ड्रेस ?
– सारी र ब्लाउज
मन पर्ने टुथ पेस्ट ?
– कोलगेट
मन पर्ने नुहाउने सावुन ?
– डोभ
मन पर्ने सेम्पु ?
– ट्रेसेमी
मन पर्ने मोस्चराईजर क्रिम ?
– कुनै रोजाई छैन ।
मन पर्ने हेयर वाईल ?
– लगाउँदिन ।
मन पर्ने लिपिस्टिक ?
– म्याक
मन पर्ने मेकअप फाउन्डेसन ?
– बिबी
मन पर्ने पाउडर ?
बिबी
मन पर्ने सन्स क्रिम ?
– बिबी
मन पर्ने गाजल ?
– बिबी
मन पर्ने नेल पलिस ?
– जुन भए पनि गुणस्तरीय हुनु पर्यो