बनेपा, १६ बैशाख
नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले ‘फेरी उठ्नेछ नेपाल–४’ शिर्षकमा देशका मुख्य शहरहरुमा कन्सर्ट गर्ने भएको छ । नेपालका चर्चित व्याण्डका सदस्यहरु आबद्ध भएर यो नयाँ व्याण्ड तयार गरिएको हो ।
व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले फेरी उठ्नेछ नेपाल–४को सुरुवात बनेपाबाट गरेको हो । शनिवार ब्याण्डले बनेपामा आफ्नो भव्य कन्सर्ट गर्न सफल भएको छ । देशका विशिन्न शहरमा कन्सर्ट गर्दैजाने क्रममा बनेपाबाट सुरु गरिएको आयोजक पक्षले जनाएको छ ।
बनेपा बसपार्कमा आयोजित कन्सर्टमा रविनले मुक्तिको गीत र स्याडोजले अनुप्रस्थको गीत गाएका थिए । यस किमिमको फ्युजन उपस्थित दर्शकलाई सरप्राइज थियो ।
सबैले आफ्नो हिट गीतहरु प्रस्तुत गर्नुका साथै एकले अर्काको गीत गाए । शनिबार साँझ साँढे ६ बजेबाट सुरु भएको कन्सर्ट बेलुका साँढे ८ बजेसम्म चलेको थियो । कन्सर्टमा सहभागी हुन् विशेषत युवा दर्शकको भिडभाड रहेको थियो ।
ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यी लोकप्रिय व्याण्डले गरेको गीत संगीत प्रस्तुतिमा बनेपाली दर्शक झुमेका थिए ।
व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफुहरुलाई थप उर्जा मिलेको बताए । व्याण्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड, श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् ।
व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग ‘फेरी उठ्नेछ नेपाल’ र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँगनै पोखरामा यस्तो कन्सर्ट गरिएको थियो ।
त्यसपछी सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शिर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वानको आयोजना व्याण्डवागन बाइ पोजिटिभ भाइब्स गरिसकेको छ ।
तस्वीर ः सचित खड्का