ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ भदौ
गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ प्रेमिल गीत ‘पारिजात’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्।
प्रेम र आकर्षणलाई सरल तथा भावनात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा एकतर्फी प्रेमको कथा देखाइएको छ। खुसीप्रति आकर्षित हुने गौरव प्रेममा परेपछि आफूमा परिवर्तन ल्याउन थाल्छन्। प्रेम प्राप्तिको पर्खाइमा रहेका उनको यात्रा सफल हुन्छ वा हुँदैन भन्ने कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।
शान बस्न्यातको कथा तथा पटकथामा तयार भएको भिडियो घामपानी पिक्चर्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण गरिएको हो। गीतमा अस्मिता रुचालको शब्द तथा प्रकाश सिलवालको स्वर र संगीत रहेको छ। प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतले प्रेमले मानिसको जीवनमा ल्याउने प्रभाव र परिवर्तनलाई अभिव्यक्त गरेको छ।
गायक सिलवालले गीत सरल र प्रेमिल रहेको बताउँदै मन परेको व्यक्तिका लागि मानिसले आफूमा ल्याउने परिवर्तन तथा व्यक्त गर्न नसकेका प्रेमभावलाई गीतमार्फत प्रस्तुत गरिएको बताए। अडियोको भावअनुसार नै भिडियो निर्माण गरिएको उनको भनाइ छ।
भिडियोमा गौरवले एकोहोरो प्रेम गर्ने युवाको भूमिका निर्वाह गरेका छन्। उनले गीतको शब्द, गायकी र कथाको भावअनुसार आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको बताए। प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्ने, प्रतीक्षा गर्न सक्ने र आफूले मन पराएको व्यक्तिको खुसीमै आफ्नो खुसी खोज्ने पात्रका रूपमा उनले आफूलाई प्रस्तुत गरेका छन्।

निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायतले अभिनय गरेका छन्।
भिडियोमा संगम राईको डीओपी, अञ्जली रिजालको स्टाइलिङ, ज्योति केसीको मेकअप, अलिजा सिजावालको हेयर तथा देव न्यौपानेको साउण्ड रहेको छ। ‘पारिजात’को भिडियो प्रकाश सिलवालको युट्युब च्यानलमार्फत सार्वजनिक गरि




