शिव परियार र समीक्षा अधिकारीको अमेरिकामा ‘दशैं–तिहार धमाका’


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन

चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन्। थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुने ‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत उनीहरूले करिब २० स्थानमा प्रस्तुति दिनेछन्।

कार्यक्रम सेप्टेम्बर २५ मा अस्टिन र २६ मा डलासबाट सुरु हुनेछ। त्यसपछि अक्टोबर २ मा कोलम्बस, ३ मा एक्रोन, ९ मा ह्यारिसबर्ग, १० मा ल्यान्कास्टर, ११ मा एशबर्न, १७ मा मिलवाकी र १८ मा सिकागोमा कार्यक्रम हुनेछ। अक्टोबर २४ मा चार्लोट, २५ मा र्‍याले, ३० मा नेब्रास्का, ३१ मा न्युयोर्क तथा नोभेम्बर १ मा ब्राडफोर्ड र हार्टफोर्डमा प्रस्तुति तय गरिएको छ। फ्लोरिडासहित अन्य सहरमा पनि कार्यक्रम थपिन सक्ने आयोजकले जनाएको छ।

यसैबीच नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि ३० वर्षे सांगीतिक यात्राको उत्सव मनाउँदै अमेरिकामा विशेष टुर गर्ने भएको छ। ‘म्युजिकल रिभाइभल–साधना भण्डारी ३० औं वार्षिकोत्सव टुर’ अन्तर्गत सेप्टेम्बर १२ मा डलास, १८ मा ह्युस्टन, १९ मा सेन्ट लुइस र २६ मा न्यु ह्याम्पसायरमा प्रस्तुति हुनेछ।

अक्टोबर २ मा चार्लोट, ९ मा न्युयोर्क र ११ मा डीटी फेस्टमा पनि ब्यान्डले प्रस्तुति दिनेछ। नेपाली कला, संस्कृति र चाडपर्वको प्रवर्द्धनसँगै कार्यक्रमबाट उठेको केही रकम गरिब तथा विपन्न विद्यार्थीको छात्रवृत्तिमा सहयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक प्रयास भुसाल हुन्। अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा अमेरिकास्थित संस्थापक तथा आदित्य लाखे बजार व्यवस्थापनमा छन्। ओनेस्ट रियलस्टेट मुख्य प्रायोजक रहेको कार्यक्रम आयोजक संस्थाले यसअघि ‘महाजात्रा’ लगायतका टिमसँग सहकार्य गरी दर्जनौँ कार्यक्रम आयोजना गरिसकेको छ।