ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ बैशाख
चलचित्र घर सञ्चालक एवम् वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ (स्वर्ण) बार्षिक उत्सव तथा साधारण सभा ललितपुरमा एक समारोहबिच मनाईएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा साधारण सभा एवम् स्वर्ण उत्सव सम्पन्न भएको हो । सो स्वर्ण उत्सव समारोहमा सञ्चार तथा सुचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चलचित्र संघका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरे ।
उनीहरुलाई नेपाली चलचित्र क्षेत्रको बिकास, बिस्तार, सम्बद्र्धन, संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मानित गरियो । यसरी सम्मानित हुनेमा जाउलाखेल गु्रप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह, नेपाल चलचित्र संघका संस्थापक अध्यक्ष स्व. भुवनेश्वर अमात्य (मरणोपरान्त), नेपाल चलचित्र संघका पूर्व महासचिव निर्मल प्रधान, नेपाल चलचित्र संघका पूर्व कोषाध्यक्ष राजेन्द्र शाक्य, नेपाल चलचित्र संघका पूर्व कार्यसमिति सदस्य केदारनाथ पराजुली, नेपाल चलचित्र संघका पूर्व उपाध्यक्ष कुबेर शर्मा, नेपाल चलचित्र संघ पूर्व उपमहासचिब रामजी श्रेष्ठ थिए । यस्तै नेपाल चलचित्र संघका पूर्व उपाध्यक्ष मोहन सराफ, प्रदर्शक किसन राठी, नेपाल चलचित्र संघका पूर्व कार्यसमिति सदस्य उत्तम द्वा, नेपाल चलचित्र संघका पूर्व कास सदस्य ध्रुव कुमार श्रेष्ठ पनि कार्यक्रममा सम्मानित भए ।
सोही समारोहमा नेपाल चलचित्र संघका कर्मचारी द्वय होतराज शर्मा र बिक्रम राईलाई नगद सहित सम्मान गरियो । यो स्वर्ण जयन्ती कार्यक्रम गोपाल काजी कायस्थको संयोजनमा भएको थियो ।
५० औ (स्वर्ण) बार्षिक साधारण सभामा महासचिव सुरेन्द्र कुमार थापाले महासविचको प्रतिवेदन, कोषाध्यक्ष प्रज्वल शम्सेर जवराले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले उनीहरुको प्रतिवेदन पारित ग¥यो । सोही सभाले ३ महिना भित्र विधान अधिवेशन बोलाउने निर्णय समेत गरेको छ ।
संघले ५० औँ वर्ष पुरा गरेको अबसवरमा सञ्चारमन्त्री गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका अध्यक्षहरुले शुभकामना व्यक्त गरे ।