इन्द्रकला राई र हसन राईको पैसाकी बैस


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ बैशाख

द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईले आफ्नो स्वरमा नयाँ गीत ‘पैसाकी बैस’को भिडियो सार्वजनिक गरेकी छिन् । गायक हसन राईले उनलाई यो गीतमा युगल स्वरमा साथ दिएका छन् । यो गीतको भिडियोलाई लुङ्टो क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा गायक तथा संगीतकार रोशन राईको शब्द तथा संगीत रहेको छ । रोशन पनि द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी हुन । सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

पैसाकी बैस गीतको म्युजिक भिडियोमा जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । जिवन र लक्ष्मी दम्पत्ति हुन् । भिडियोलाई निर्देशन पनि जिवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाको छायांकन रहेको यो गीतको भिडियोमा बिष्णु खड्काको सम्पादन छ ।

गायक हसन राईले अहिले सम्मय करिव २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङपनि गरिसकेका छन् । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।