नरसिंहाः अवतारको मास्टर पोस्टरमा जम्बो कलाकार टोली


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० वैशाख

नेपाली चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ मास्टर पोस्टर सार्वजनिक गरिएको छ । यसलाई यस कारण मास्टर पोस्टर भनिएको हो की पोस्टर मा चलचित्रका सबै कलाकार अटाएका छन् । सार्वजनिक पोस्टरमा यो चलचित्रका कलाकारहरूको जम्बो टोलीलाई रमाइलोसँग राखिएको छ । मास्टर पोष्टरमा १६ जना कलाकार र एउटा नरसिंहा अवतारको तस्बिर राखिएको छ ।

यसको मास्टर पोस्टर मा अभिनेता राजेश हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूलाई स्थान दिइएको छ ।

निर्देशक तथा लेखक दिवाकर भट्टराईका अनुसार, यो पोस्टरले फिल्ममा कुन कलाकारहरूको गेटअप कस्तो छ भन्ने प्रस्ट पार्दछ । चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

यो चलचित्र जेठ ९ गतेबाट रिलिज हुँदै छ । यसै साता रिलिज भएको यो चलचित्र ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीत अहिले युट्युब नेपाल ट्रेन्डिङमा तेस्रो स्थानमा छ ।

क्रियटिभ सिने आट्र्सका लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।