बिगुलको गीतमा नेता बिश्वप्रकाशको संगीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा नेपाली चलचित्र ‘बिगुल’ निर्माण हुने भएको छ । रमेश कोइरालाको निर्देशनमा बन्ने यो चलचित्रको एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका छन् । फिल्मको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन् ।

‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानर अनि कल्पना पौडेलको प्रस्तुति रहेको ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।

शिब ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् । बैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । चितवनका बिभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार,आवाज र एक बैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ !