डेबिट र शर्मिलाको कश्मीरे गम्छा


ब्युटी न्युज नेपाल
काठमाडौं ७ बैशाख

गायक डेबिट शंकर र गायिका शर्मिला बर्देवाको स्वरमा नयाँ गीत ‘कश्मीरे गम्छा…’को भिडियो सार्वजनिक गरिएको छ । डेबिट र शर्मिलाको स्वरमा गीत निकै माधुर्य बनेको छ ।

यो गीत डि.पि. खनालले लेखेका हुन् । गीतलाई युवा पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन गरेका छन् । गीतमा मनोज परियारको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ ।

गीतको भिडियोलाई सियोन श्रेष्ठले नृत्य तथा निर्देशन गरेका हुन् । श्रेष्ठलाई निर्देशनमा संजिबनी गोपालीले साथ दिएका छन् ।

काठमाडौको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुमन कटुवालको व्यवस्थापन, उत्सव दहालको छायाङ्कन रहेको छ । भिडियोमा प्रबिनाको शृङ्गार, शिलन लम्सालकोे सम्पदन एवं रंग संयोजन, सरोज परियार निर्माण रहेको छ । गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको अभिनय छ ।