ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ बैशाख
नेपाल आईडल देखि इन्डियन आईडलसम्म आफ्नो प्रस्तुतिको फरक छाप छाड्न सफल गायिका मेनुका पौडेलको स्वरमा यतिबेला नयाँ गीत बदमास…को भिडियो बजारमा आएको छ । मंगलबारसँझ काठमाडौँमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरियो ।
नेपाल आईडलमा निर्णायक रहँदा मेनुकाको स्वरको खुलेर प्रशंसा गरेका संगीतकार न्ह्यू बज्राचार्यले यो गीतमा संगीत सृजना गरेका छन् । यो गीत शास्त्रीय शैलीमा मेनुकाले गाएकी छिन् । उनको स्वरले गीत माधुर्य बनेको छ । सुन्दर राजभण्डारीले लेखेका हुन् । यसको कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।
गीतको भिडियोमा नाम्लो इभेन्ट्सको लगानी रहेको छ । भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका हुन् । जसमा मोडलद्धय सनिषा भट्टराई र विजु पार्कीको अभिनय छ ।
यो गीतको भिडियोको कोरियोग्राफी करण शाह, छायांकन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले गरेका हुन् ।