ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख
एक महिना अघि नेपालबाट अमेरिका जाने क्रममा जहाजबाटै नयाँ गीत पानी लिन जाँदा खेरि…को भिडियो सार्वजनिक गरेका गायक तथा सञ्चारकर्मी रामप्रसाद खनालले यतिबेला आफ्नो अर्को गीत बजारमा ल्याएका छन् । उनले शनिबार बेलुका नयाँ गीत बाँकी छ हेर तिम्रो…को भिडियो सार्वजनिक गरेका हुन् । उनले अमेरिकाबाटै यो गीतको भिडियो रिलिज गरेका हुन् ।
खनाल दुई महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । नेपाल बसाईको क्रममा तिन वटा गीत रेकर्ड गरेकोमा उनले त्यो मध्य दोस्रो गीतको भिडियो शनिबार रिलिज गरेको उनले बताए । १८ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् ।
उनको यो नयाँ गीत बाँकी छ हेर तिम्रो गीत माया प्रेममा आधारित छ । यो गीतमा खनालको आफ्नै शब्द र स्वर रहेको छ । यो नयाँ गीतमा थानेश्वर गौतमको संगीत, बीबी अनुरागीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा सरोज प्रजा र सोनी विश्वकर्मासँगै गायक खनाल आफैले पनि मुख्य भूमिका निभाएका छन् । भिडियोमा पुष्कर पन्त सहित एक दर्जन भन्दा बढी कलाकारहरूको अभिनय र नृत्य छ । भिडियोमा सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा देव दोर्जे लामाको छायांकन, बबिता पोखरेलको नृत्य निर्देशन, राकेश दाहालको सम्पादन रहेको छ ।