चलचित्र सिटामोल २३ साउनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख

नयाँ वर्ष २०८२ को अबसर पारेर नेपाली चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । आज यो चलचित्रको पोस्टर सार्वजनिक आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको यो चलचित्रको आज सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । सिनेमामा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट गर्न सकिन्छ ।

माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ । सौगातले सिनेमामा जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।