प्रदीप, दयाहाङको पिताम्बर १७० पर्दामा चलचित्र रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ चैत

प्रदीप खड्कासहित ६ अभिनेताको महत्वकांक्षी चलचित्र पिताम्बर आग २९ चैत्र शुक्रबारबाट रिलिज भएको छ । नेपाली नयाँ वर्षको अवसर मुलुकका करिब १३० भन्दा बढी चलचित्र घरबाट पिताम्बर रिलिज भएको हो । यो चलचित्र यस वर्षकै ठुलो बजेट र मल्टिस्टार कलाकार भएकोले यसको अहिले राम्रो चर्चा छ ।

कृषा चौलागाई निर्देशित पिताम्बरले देशभरका १३० भन्दा बढी हलमा १७० शो पाएको छ । यो चलचित्रको अग्रीम टिकट पनि राम्रो बिक्री भएको छ । आज बिहानैको शोबाट दर्शकको उपस्थिति उत्साहजनक देखिएको यसका वितरक रोहित कट्टेलले बताएका छन् ।

चलचित्र पिताम्बरमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय रहेको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा विशाल चौलागाई निर्माता तथा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह–निर्माता, सुमन गौतम कार्यकारी निर्मातामा रहेका छन् ।