जारको ट्रेलरमा आफ्नो स्वस्नी भगाउनेलाई यस्तो सजाए


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ चैत

दार्जिलिङका नेपाली भाषी साहित्यकार इन्द्रबहादुरको कथा जार धेरै विधार्थीले विश्व विद्यालयको नेपाली पाठ्यक्रममा पढेको हुनुपर्छ । यो कथा फेरी चलचित्रको रुपमा २६ बैशाखबाट नेपालका चलचित्र घरमा आउँदैछ । चलचित्र अहिले प्रदर्शनको लागि तयारी अबस्थामा रहेको छ । जारको कथा सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ ।

यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

यही चलचित्र जारको काठमाडौँमा एक समारोहबिच आज ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आज सञ्चारकर्मीमाझ यसको ट्रेलर रिलिज गरेको हो । यसलाई युट्युव च्यानल ओएसआर डिजिटलबाट डिजिटल प्लेटफर्ममा पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापा शिर्ष रुपमा छाएका छन् । आफ्ना श्रीमती भगाउने जारसँग जारी उठाउनेकी भौतिक बदला लिने भन्ने कुरालाई ट्रेलरमा उठान गरिएको छ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति यो चलचित्रको ट्रेलरमा चित्रित छ । ट्रेलरले जार काट्नको लागि दुबै पुरुषबीच भएको संघर्षको शारंस पनि देखाएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। जारको कथालाई अन्याय हुन दिएका छैनौं, लामाले भने किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ’जार’ तयार गरेका छौं ।’

अभिनेताद्वय सौगात र अनुपबिक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए । फिल्म ’जार’को शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।

यो फिल्मलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ ।