ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ चैत
नेपाली चलचित्र ‘हर्ष’को छायांकन ३५ दिनमा प्याकअप भएको छ । ४० दिनको सेड्युलमा छायांकनमा निस्केकेमा ५ दिन अगावै छायांकन सकिएको छ ।
यो चलचित्रकी निर्देशक एकता पौडेलले हर्षको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको बताईन् । यसमा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन् । हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् ।
यो चलिचत्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा सिनेमाहरु बनाएकी छन् ।
पारिवारिक सामाजिक कथा पस्किने सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सिनेमालाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । लोकेश बज्राचार्यले सम्पादन गर्ने सिनेमामा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ ।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।