राजेश हमालको नरसिंहाः अवतार ९ जेठमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ जेठ

अभिनेता राजेश हमालले आठ वर्षपछि शिर्ष भूमिकासहित अभिनय गरेको चलचित्र ‘नरसिंहाः अवतार’को आगामी ९ जेठमा रिलिज गरिने भएको छ । निर्माण पक्षले सोमबार यो चलचित्रको दुईवटा पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति ९ जेठलाई तय गरेको हो ।

सोमबार सार्वजनिक गरिएको यो चलचित्रको पोष्टर निकै लामो बनाईएको थियो । यो चलचित्रबाट अभिनेता हमालले ८ वर्षपछि चलचित्रमा कमब्याक गर्न लागेका विशेष पोष्टर बनाएर सार्वजनिक गरिएको निर्माण पक्षले जनायो । सोमबार राजेश हमाल र राज कटुवालको एकल पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् । नरसिंहालाई पृष्ठभूमिमा राखेर त्यसको मुनी यी दुई अभिनेतालाई फरक फरक पोष्टरमा स्थान दिईएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ ।

राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत छ ।

फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् । नरसिंहाः अवतारलाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ ।