ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ चैत,
राजावादीहरुले अराजक रुप देखाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले शान्ति सुरक्षालाई मध्यनजर राखदै काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेर सबैलाई सो क्षेत्रमा हिड्डुल नगर्न आदेश दिएको छ । यो कफ्र्यु आजराती १० बजेसम्म जारी रहने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एकिकृत समाजवादीको पार्टी कार्यालयमा राजावादीले गरेको आगजानी
तिनकुनेमा आन्दोलनरत राजावादीहरुले त्यहाँ रहेको अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय, कान्तिपुर टिभीको कार्यालय, कोटेश्वरको भाटभटेनी, आलोकनगर स्थित एकिकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय, पेरिस डांडा स्थित नेकपा माओवादीको केन्द्रिय कार्यालयमा तोडफोड तथा अगाजनीको प्रयास गरेपछि सो क्षेत्रमा कफ्र्यु जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो कफ्र्यु गौशला देखि पुरानो वानेश्वरहुँदै शँखमुल पुलसम्म, शँखमुलबाट कोटेश्वरहुँदै जडीबुटी स्थित मनोहरा पुलसम्म, तीनकुनेबाट सिनामंगल हुँदै गौशलासम्मको क्षेत्र भित्र जारी गरिएको प्रशासनले जनाएको छ ।