ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ चैत
तीनकुने क्षेत्रमा राजावादीहरु अराजक रुपमा उत्रिएका छन् । उनीहरुले प्रहरीमाथि हमला गरेका छन् । राजा आउ देस बचाउ भन्दै आन्दोलनमा उत्रिएका राजावादी प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।
राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईँले प्रहरीमाथि गाडी चलाएर सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्रतर्फ गएपछि त्यहाँको आन्दोलनले उग्ररुप लिएको हो । सोही क्रममा प्रहरी र राजावादी आन्दोलनकारीहरुबीच झडप भएको छ । सो झड्पमा एक जना शसस्त्र प्रहरी बलकी महिला प्रहरी सख्त घाईते भएकी छिन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । अन्य तीन जना प्रहरी घाईते भएको प्रहरीले जनाएको छ ।
राजावादीहरुले घरमा लागेको आगो निभाउन गएको दमकलमाथि समेत ती प्रदर्शनकारीले ढुंगा हानेपछि आफुहरुले अश्रुग्याँस र पानीको फोहरा प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । त्यति हुँदा पनि स्थिती नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको छ । पछिल्लो समय त्यहाँ घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।