राजावादीहरुले नीजि व्यक्तीको घरमा लगाए आगो


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ चैत

आज १२ बजेवपछिबाट काठमाडौँको रिङरोडमा राजावादीहरुको र रिङरोड भित्र गणतन्त्रवादीहरुको विरोध सभा एवम् प्रदर्शन भईरहेको थियो । यसै क्रममा राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुनेमा उग्ररुप देखाएका छन् । उनीहरुले त्यहाँ व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेका छन् ।

राजा ल्याउने आन्दोलन अन्तत व्यक्तिको घरमा आगलागी एवम् तोडफोडतर्फ केन्द्रित भएको छ । नीजि घरमा आन्दोलनकारीले आगो लगाएर सो घरभित्रबाट कुर्सी र कागजपत्र निकाल्दै सडकमा ल्याएर आगो लगाएका छन् ।

तीनकुनेको रोयल बैंक्वेट छेउमा रहेका दुई घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेका छन् ।

घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले उक्त घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका हुन् । आन्दोलनकारी र प्रहरीबीच झडपको स्थिती आएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । यस क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरी र आन्दोलनकारीहरुको झडपपछि राजावादीहरुको आन्दोलन तितर वितर भएको छ ।