चार महिना पदावधि रहँदै गर्दा कुलमान हटाइए


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ चैत

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले लामो रस्साकसी पश्चात नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । गत साउनबाटै उनलाई यो पदबाट हटाउन सरकार लागि परेको थियो । अन्ततः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेको हो ।

ऊर्जामन्त्री दिपक खड्काले कुलमानलाई पटक पटक हटाउने प्रयास समेत नगरेका हैनन् । ऊर्जामन्त्रीस्तरीय निर्णयबाट बिगतमा घिसिङलाई उनको कामप्रति चित्त नबुझेको भन्दै तीन पटकसम्म स्पष्टीकरण समेत सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो ।

यसअघि मन्त्रिपरिषदबाटै उनलाई स्पष्टीकरण सोधिएकोमा उनले त्यसको लिखित जवाफ समेत दिएका थिए । मुलत विधुतको करोडौँ बक्यौता बाँकी रहेका विभिन्न उधोगहरुसँग बक्यौता उठान ती उधोगमा कुलमानले बिद्युत आपूर्ति रोकेपछि उनीसँग सरकार चिढिएको थियो । यस्ता उद्योगमा बिद्यूत काट्नुको बारे घिसिङले जवाफ पनि लेखेर सरकारलाई दिएका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई आज पदबाट हटाउने निर्णय ओली सरकारको मन्त्री परिषदले गरेको हो । जवकी घिसिङको पदावधि आगामी साउनमा सकिँदै थियो । उनी पदावधि सकिनु ४ महिना अघि नै सरकारबाट हटाईएका छन् ।

कुलमानलाई हटाएसँगै जनमानसले सरकार बिरुद्ध यतिबेला सामाजिक सञ्जालमा व्यापक आक्रोश पोखेका छन् । उर्जा मन्त्री खड्काले दैनिक केही घन्टा लोडसेडिङ हुनसक्ने बताएपछि कुलमान हटाईएका हुन् । कुलमानले हटाएका लोडसेडिङ फेरी सुरु भएमा यो सरकार असफल हुने विश्लेषण सुरु भईसकेको छ ।