ब्युटी न्युज नेपाल
काठमाडौँ, १० चैत
गायक ध्रुब राजवंशी र गायिका रानु निरौलाको स्वरमा नयाँ लोक गीत लैला रेलैमा…को भिडियो बजारमा आएको छ । यो गीतलाई समीर राईले लेखेका हुन् । गीतको भिडियोलाई समीरले आफ्नै युट्युव च्यानल एसआर इन्टरटेनमेन्टबाट शुक्रबार रिलिज गरेका छन् ।
यो गीतमा संगीत तथा संगीत संयोजन बलराम राजवंशीको रहेको छ । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ, मिक्सङ तथा मास्टरिङ सुवास कुथुमी राईले गरेका हुन् । यो गीतको भिडियो नृत्य प्रधान बनेको छ ।
यो गीतको म्युजिक भिडियोमा अभिनेता यसराज गारच र जेसिका पोखरेलको मुख्य भूमिका रहेको छ । जेसिकाले यही गीतबाट म्युजिक भिडियो मोडलिङमा डेब्यु गरेकी हुन् । यसराज र जेसिकाको जोडी यसमा निकै सुहाएको छ । युगल प्रेमील जोडीको रुपमा भिडियोमा प्रस्तुत भएका यी दुबैको नृत्य आकर्षक छ । गीतको भिडियोमा कोरियोग्राफी दिपेश एसकेले गरेका हुन् । यसराज नृत्यकलामा आफैँ दक्ष कलाकार हुन् । तथापि नयाँ कलाकार भएर पनि जेसिकालाई दिपेशले निकै राम्रो नचाएका छन् ।
यो गीतको भिडियोलाई छायांकन अर्जुन कटुवालले, सम्पादन तथा रंग संयोजन अर्जुन खड्काले र निर्देशन जीवन शाहीले गरेका छन् । गीतको भिडियो निर्माण गीतकार समीर राई, गायिका रानु निरौला र गायक ध्रुव राजवंशी हुन् ।