प्रशँसा गर्न किन डराउँछन नायक तथा गायक प्रकाश सपुत


प्रकाश सपुतले ओलीको यसरी प्रशँसा गरेको भिडियो सामाजिक सञ्जालमा आयो । यसरी उनले प्रशँसा गरेको भिडियो पछि ओलीको विरोधी तथा एमाले र नेपाली काँग्रेसबाहेक अरु पार्टीका कार्यकर्ताले प्रकाश सपुतको खुबै विरोध गरेका छन् । केहीले त प्रकाश सपुतको फिल्म बसन्त बहिस्कार गर्ने धम्की समेत दिएका छन् । बसन्त चलचित्रको प्रचारमा उत्रिएका नायक तथा निर्देशक प्रकाश सपुत यही कारण आजकाल त अरुको प्रशँसा गर्न पनि आफुलाई डरलाग्ने कुरा बताएका छन् । 

             …………………………………………………………………………………………………………………………………………………………………………..

सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ चैत

कहिलेकाही कसैको खुलेर प्रशँसा गदै साह्रै दुःख पाईन्छ र त्यत्तिकै गाली पनि खाईन्छ । प्रशँसा गरेका व्यक्तिका सत्रुहरुले आफुलाई पनि साह्रै दुःख दिन्छन् । हो, गायक तथा नायक प्रकाश सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा खुलेर प्रशँसा गर्दा प्रधानमन्त्री ओलीका विराधीहरुले गत साताबाट नायक एवम् गायक प्रकाश सपुतको सत्तोसराप गरिहेका छन् ।

यसरी ठुला मान्छेको प्रसँसा गर्दा यसपटक आफुले निकै सस्ती भोग्नु परेको नायक तथा गायक प्रकाश सपुतले यतिबेला बताएका छन् । प्रकाशको निर्माण, निर्देशन तथा अभिनयमा तयार भएको नयाँ चलचित्र बसन्त यही चैत २२ गतेबाट नेपालभर सहित विभिन्न देशमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारमा उत्रिएका नायक तथा निर्देशक प्रकाश सपुत आजकाल त अरुको प्रशँसा गर्न पनि आफुलाई डरलाग्ने कुरा बताएका छन् ।

खासमा भएको के थियो भने पत्रकार गणेश पाण्डेद्धारा सम्पादित नयाँ पुस्तक ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ को बिमोचन गत फागुन १९ गते काठमाडौँमा गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संघर्षको बारेमा लेखिएको यो पुस्तकको समीक्षा गर्दा गायक तथा नायक प्रकाश सपुतले प्रधानमन्त्री ओलीको संघर्ष र सफलताबारे खुलेर प्रशँसा गरेका थिए । उनले प्रधानमन्त्रीलाई साहित्यिक चेत भएको, कला चेत भएको, ब्यँग्य चेत भएको बहुप्रतिभाशाली ब्यक्तित्वको रुपमा सो कार्यक्रममा प्रकाशले प्रशँसा गरेका थिए ।

सो कार्यक्रममा अभिनेत्री केकी अधिकारीले पनि प्रधानमन्त्री ओलीको हल्का फुल्का प्रशँसा गरेकी थिईन् । तर उनले प्रकाश सपुतले जस्तो उच्च प्रशँसा भने गरेकी थिइनन् ।

सो कार्यक्रम सकिएपछि प्रकाश सपुतले ओलीको यसरी प्रशँसा गरेको भिडियो सामाजिक सञ्जालमा आयो । यसरी उनले प्रशँसा गरेको भिडियो आएपछि ओलीको विरोधी तथा एमाले र नेपाली काँग्रेसबाहेक अरु पार्टीका कार्यकर्ताले प्रकाश सपुतको खुबै विरोध गरेका छन् ।

केहीले त प्रकाश सपुतको फिल्म बसन्त बहिस्कार गर्ने धम्की समेत दिएका छन् । यसरी प्रधानमन्त्रीको प्रसँसा गरेकै कारण आफ्नो र चलचित्र वसन्तको विरोध भएपछि आजकाल आफुलाई अर्काको प्रसँसा गर्न पनि निकै डर लाग्ने गरेको प्रकाश सपुतले बताएका हुन् । उनले यसरी प्रशँसा गरेकै भरमा खुलेर गाली खाईन्छ भन्ने कुरा कल्पना समेत नगरेको अनुभव शनिबार साँझको ट्रेलर रिलिज कार्यक्रममा सुनाए ।