भाईरल गोर्खेको टिजरमा सौगातको रमाईलो हरकत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ चैत

नेपाली चलचित्र ’भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट सिनेमाको कथावस्तुलाई संक्षिप्त समेटिएको छ । यसको टिजर निकै रमाईलो छ । करिब दुई मिनटको टिजरलाई बुढासुब्बा डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

टिजरमा नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रम रहेको कुरा उल्लेख छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ ।

आगामी वर्षको जेठ ३० गतेबाट सिनेमा घरमा प्रदर्शन हुनेछ । चलचित्रको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिने पत्रकार ऋषि धमालसँग अन्र्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।