महिला बनाएर विपिनलाई उतारेपछि कर्माको गीत झनै रमाईलो


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ चैत

यही २९ चैतबाट रिलिज हुने नयाँ नेपाली चलचित्र ‘कर्मा’ टिजर रिलिज पछि चर्चा पाउन थालेको छ । यसै क्रममा यो चलचित्र नयाँ गीत सारी लगाइदेउ…को भिडियो आज रिलिज गरिएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

यो गीतलाई गायिका सलिना बिकले गाएकी छिन भने यसको रचनाकार सुष्मा सिग्देल र संगीतकार भाष्कर स्वाँर हुन् । गीतको संगीत संयोजन भाष्कर स्वाँर र सुवास पौडेलले गरेका छन् ।

यो गीत निकै रमाईलो छ । यसमा प्रयोग गरिएका स्थानीय लवजका शब्दहरुले गीत मौलिक बनेको छ । यो रत्यौली संस्कृतिमा आधारित गीत हो ।

गीतको भिडियोमा चलचित्रको शीर्ष अभिनेता विपीन कार्की अभिनेत्री उपासना सिंह ठकुरीलगायतले रमाईलो नृत्य गरेका छन् ।गीतको भिडियोमा विपिनलाई नारी बनाईदिएको दृष्य बडो रमाईलो देखिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई दर्शकले रुचाएका छन् । ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । अघिल्लो चलचित्र अगष्टे एक्सन जनरामा बनाएपछि चर्चामा आएका चौधरीले कर्मा पनि एक्सन सामाजिक जनरामा तयार गरेको बताएका छन् । यो चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

‘कर्मा’मा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा अमेरिकामा बस्दै आएका वसन्त लम्साल निर्माताको रुपमा रहेका छन् ।